• प्रमाणिकरण पद्धती अनुसार बीउ उत्पादन गर्ने कृषक वा संस्थाहरुको बीउ बाली निरीक्षण, बीउ नमूना संकलन र बीउ परीक्षण गरी तोकिएको मापदण्ड पाइएमा संकेत पत्र जारी गर्ने।

• यथार्थ संकेत पत्र पद्धती अनुसार बीउ उत्पादन गर्ने कृषक वा संस्थाहरुको बीउ परीक्षण गरी गुणस्तर बीउ बिजनको प्रमाण जारी गर्ने।

• विभिन्न स्तरका बीउ बिजनको उत्पादन तथा उपलब्धताको लागि प्राविधिक एवम् समन्वयात्मक सहयोग गर्न।

• बीउ बिजन सम्बन्धी नीति, ऐन र नियमावली अनुसार निर्देशिका तथा कार्यविधि तयार पारी कार्यान्वयन गर्न अन्य बीउ बिजनका सरोकारवाला निकायहरुसँग समन्वय गर्ने तथा परामर्श दिने/लिने।

• प्रदेशस्तरमा बीउ बिजनको वासलात तयार गरी बीउ बिजन व्यवस्थापन सहित गुणस्तरयुक्त बीउ विजन उपलब्ध गराउने कार्यमा आवश्यक सहयोग गर्ने।

• विभिन्न तालिम/गोष्ठीका माध्यमबाट सरोकारवाला निकायहरु संग समन्वय गरी गुणस्तरिय बीउ उत्पादन, व्यवस्थापन एंव विक्री वितरण वारे आवश्यक जनचेतना फैलाउने ।

• स्थानियस्तर तथा प्रदेश भित्र बीउ उत्पादन तथा संकेत पत्र (ट्याग) जारी गर्न प्राविधिक सहयोग गर्ने।