बीउ बिजन भन्नाले भ्रौण बिरूवा (Embryonic plant), खाद्य पदार्थ र सुरक्षात्मक आवरण भएका परिपक्व ओभ्युल (Matured ovule) वा यौनिक वा वानस्पतिक तरिकाले पुनरोत्पादन (Reproduction) गरी बाली उत्पादन गर्नका लागि छर्ने वा रोप्ने काममा प्रयोग गर्न सकिने बीउ बिजन वा बीज हो।

"बीउ गुनाको वोट र वोट गुनाको फल" गुणस्तरीय बीउ बिजनको प्रयोगले मात्र बाली उत्पादकत्व २०-२५ प्रतिशतले बृद्धि हुने तथ्य विभिन्न अध्ययन अनुसन्धानबाट सिद्द भइसकेको छ। राज्य पुनर्चसंरचना पश्चात देशमा तिन प्रकारका सरकारहरु क्रमश: संघ, प्रदेश र स्थानिय तह रहेका छन। नेपालको संविधानमा कृषि उत्पादन तथा व्यवस्थापन संग सम्वन्धित क्रियाकलापहरु स्थानिय तहमा हस्तान्तरण भएका छन त्यसैगरि कृषि एंव पशु विकास संग सम्वन्धित क्रियाकलापहरु प्रदेश एंव संघिय सरकार अन्तरगत रहेका छन। सोहि अनुरुप तत्कालिन क्षेत्रिय वीउ विजन प्रयोगशालाले सम्पादन गर्ने कार्यहरु राज्य पुनर्चसंरचना पश्चात प्रादेशिक स्तरको वीउ विजन प्रयोगशालाले गर्ने गरि यस वीउ विजन प्रयोगशालाको पुनर्स्थापना आ. व. 2075/076 मा भएको हो। प्रदेशस्तरमा बीउ बिजन व्यवस्थापनको बिषय / क्षेत्रमा नेतृत्व लिने सरकारी निकायको रुपमा रहेको यस प्रयोगशालाको मुख्य कार्य बीउ बालीको निरिक्षण तथा बीउ परीक्षण गर्ने रहेको छ। यसका अलावा प्रदेश सरकारलाइ वीउ विजनको क्षेत्रमा आवश्यक राय, सुझाव, उपलव्ध गराउने, वीउ विजन संग सम्वन्धित प्रादेशिक नीति, कार्यविधि एंव निर्देशिकाको मस्यौदा तयार गरि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा आवश्यकताअनुसार पेश गर्न, प्रदेशका लागि आवश्यक गुणस्तरीय श्रोत वीउको परिमाण तथा श्रोतको आंकलन एंव प्रदेश वीउ विजन वासलात तयार गरि कार्यान्वयन गर्न एंव गण्डकी प्रदेशका कृषकहरुलाई आवश्यक परिमाणमा गुणस्तरिय श्रोत वीउ सहज एंव सुलभ तरिकाले उपलब्ध गराउनका लागि योजना तयारी देखि कार्यान्वयन तथा नतिजामुलक अनुगमन समेत गर्ने हेतुले गण्डकी प्रदेशमा मिति २०७५ असोज १० गतेका दिन पोखरा-१७, बिरौटा स्थित कृषि क्याम्पस भित्र बीउ बिजन प्रयोगशालाको स्थापना भएको हो